FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले वैशाख २९ गतेदेखि बिक्री खुला गरेको सामूहिक लगानी कोष ‘रिलायबल समृद्धि योजना–२’ मा आवेदन दिने अवधि थप गरिएको छ।

अब लगानीकर्ताले यस योजनाको इकाई खरिदका लागि जेठ १२ गतेसम्म आवेदन दिन सक्नेछन्। मागभन्दा बढी आवेदन परेमा भने सो मितिअगावै सूचना प्रकाशित गरी निष्काशन बन्द गरिने क्यापिटलले जनाएको छ।

रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो १० वर्षे बन्दमुखी योजना हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा कुल १० करोड इकाई अर्थात् एक अर्ब रुपैयाँ बराबरको इकाई बिक्रीमा ल्याएको हो।

कुल निष्काशनमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई सुरक्षित गरिएको छ। यसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई र १० लाख इकाई योजना व्यवस्थापकलाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको हो। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्।

यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ। स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत आवेदन दिन सकिनेछ। साथै, मेरो सेयरमार्फत सि–आस्बा प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था छ।

क्रेडिट रेटिङ संस्था केयर रेटिङ्स नेपाल लिमिटेडले कोष प्रवर्द्धकलाई ‘केयर–एनपी सिंगल ए माइनस इस्युअर रेटिङ’ तथा योजना व्यवस्थापकलाई ‘केयर–एनपी एएमसी क्वालिटी ४ प्लस’ रेटिङ प्रदान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय