FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३१ भदौ, मनाङ । हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे–बेँसीसहर सडकमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको छ ।

नासो गाउँपालिका–३ खोत्रोमा आज ढुङ्गासहित खसेको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले आज दिनभर पहिरो हटाउने प्रयास गर्दा पनि नसकिएको जानकारी दिए ।

“माथिबाट चट्टान बीच सडकमा खसेकाले हटाउन सम्भव भएन, नेपाली सेनालगायतका सुरक्षाकर्मीको सहयोगमा विष्फोटक पदार्थ प्रयोग गरेर सडक खुलाउने प्रयासमा छौँ”, उनले भने ।

गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले चााडोभन्दा चाँडो सडक सञ्चालनमा ल्याउन आवश्यक भएको बताए । यसबाट पर्यटक बढी प्रभावित बनेका उहाँले बताउनुभयो । पहिरो हटाएर अवरुद्ध सडक खुलाउन जिल्ला समन्वय समितिका उपप्रमुख सुरेन्द्र गुरुङसहितको टोली लागिपरेको छ ।

डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाका इन्जिनियर नवीन विष्टले ड्रिलिङ गरेर सडक खुलाउने काम भइरहेको बताउनुभयो । अन्य ठाउँमा गएको पहिरो भने हटाइएको उनले बताए । मस्र्याङ्दी करिडोरअन्तर्गतको सडकमा ठूला सवारीसाधन वर्षायाममा गुडाउँदा भाँसिने तथा पहिराको जोखिम बढ्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय