५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको प्रहरीले छानबिन गर्न समिति गठन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको हो ।
एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको रानीपोखरीका एआईजी सुशील सिंह राठौरले जानकारी दिए । समितिलाई पाँच दिनको समय दिइएको छ । सोमबार रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो ।
बसमा आगो लाग्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो । त्यसपछि चालकले नै बसमा आगो लगाएको प्रहरीले आशंका गरेको छ । आगोमा जलेर बस चालकलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ ।






