FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१५ असोज, काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सबै मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बाढीका कारण असोज १० गते बिहान १०ः३० बजेदेखि अवरुद्ध भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि आवागमन ठप्प रहने जनाइएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका-०२ चालिसेमा पहिरो खसेपछि आज बिहान ४ः२० देखि सडक एकतर्फी मात्र सुचारु रहेको छ ।

असोज ८ गते दिउँसो १६ बजे आएको बाढीका कारण बेसीसहर हुँदै खाङ्सार जाने सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका-८ बेलबगरमा खसेको पहिरोका कारण असोज ९ गते साँझ १९ः४५ देखि यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।

बेनी–जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका-०२ बैसरी र अन्नपूर्ण गाउँपालिका-०३ सुकेबगरमा असोज १० गते बिहान ०५ः५० बजे पहिरो खस्दा सडक पूर्ण अवरुद्ध भएको छ । बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका-०४ घुमाउने भीरमा असोज १० गते साँझ १७ः५० बजे पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय