FLASH NEWS
कर्णाली सरकारद्वारा लेक, पाटन र खर्क संरक्षण गरिँदै । सुनचाँदी व्यवसायको डिजिटल रूपान्तरणका लागि ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक । फूलपाती बढाइँ समारोहको प्रधान सेनापतिद्वारा अन्तिम निरीक्षण, उत्कृष्ट युनिट तथा सैनिकहरू पुरस्कृत । बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी । पश्चिमी वायुको प्रभावले आज र भोलि वर्षाको सम्भावना । रेडक्रस सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि घर बनाइदिने । नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा । उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते । जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ विमोचन । पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु । महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा । दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली ।

२७ असोज, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई वितरण गर्ने १० प्रतिशत लाभांश प्राप्त गर्न आज असोज २७ गतेसम्म शेयर खरिद गर्नुपर्नेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २८ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन् ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कात्तिक १० गते बस्ने संस्थाको एघारौँ वार्षिक साधारण सभामा पेस हुनेछ । धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजे सुरु हुने सभाले बोनस शेयर तथा नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पेस गरिनेछ । प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि सम्बन्धित शेयरधनीले प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय