FLASH NEWS
कर्णाली सरकारद्वारा लेक, पाटन र खर्क संरक्षण गरिँदै । सुनचाँदी व्यवसायको डिजिटल रूपान्तरणका लागि ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक । फूलपाती बढाइँ समारोहको प्रधान सेनापतिद्वारा अन्तिम निरीक्षण, उत्कृष्ट युनिट तथा सैनिकहरू पुरस्कृत । बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी । पश्चिमी वायुको प्रभावले आज र भोलि वर्षाको सम्भावना । रेडक्रस सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि घर बनाइदिने । नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा । उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते । जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ विमोचन । पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु । महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा । दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली ।

२७ असोज, काठमाडौं । मंगलबार शेयरबजार परिसूचक नेप्से ४.१२ अंक बढेको छ । अघिल्लो कारोबार दिन ४ अंक नै बढेको नेप्से आजको वृद्धिपछि २५९९ अंकमा कायम भएको छ । आज कारोबार रकम बढेको छ ।

सोमबार ४ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७३ करोडको भयो । आज १०४ कम्पनीको मूल्य बढ्दा १६७ को घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो । आज जीवन बीमा समूहमा आकर्षण बढ्यो । समूहगत सूचक सबैभन्दा धेरै १.७७ प्रतिशत बढ्यो ।

आज बैंकिङ समूहले पनि वृद्धिलाई निरन्तरता दिएको छ । सो समूह ०.६९ प्रतिशत बढेको छ । बैंकिङ ६ महिनाकै उच्चतम विन्दुमा पुगेको छ । विकास बैंक ०.०५, लगानी ०.१३ तथा निर्जीवन बीमा ०.५३ प्रतिशत बढे । फाइनान्स ०.३१, होटल तथा पर्यटन ०५८, जलविद्युत् ०.४४, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०९, अन्य ०५२ र व्यापार समूह ०.४० प्रतिशत घटे ।

सगरमाथा जलविद्युत् कम्पनीको मूल्य १२.४४ प्रतिशत बढ्यो । ओरियन्टल होटल्सको ३.७४, सन नेपाल लाइफ इन्स्योरेन्सको ३.१७, भगवती हाइड्रोपावरको ३.१३, घलेम्दी हाइड्रोपावरको ३.१२ प्रतिशत मूल्य बढ्यो । स्नो रिभर्सको १५, धौलागिरि लघुवित्तको १२.८७, कुथेली बुखरी स्मल हाइड्रोपावरको ४.६५, सिटी होटलको ३.६५ प्रतिशत मूल्य घट्यो ।

मंगलबार घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३०१ रूपैयाँमा ३६ करोड ४७ लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३.१२ प्रतिशत बढेको हो ।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा माउन्टेन इनर्जी रहेको छ । उक्त कम्पनीको ६६३ रूपैयाँमा २५ करोड ९७ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको घटेको छ । यसमध्ये जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय