FLASH NEWS
कर्णाली सरकारद्वारा लेक, पाटन र खर्क संरक्षण गरिँदै । सुनचाँदी व्यवसायको डिजिटल रूपान्तरणका लागि ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक । फूलपाती बढाइँ समारोहको प्रधान सेनापतिद्वारा अन्तिम निरीक्षण, उत्कृष्ट युनिट तथा सैनिकहरू पुरस्कृत । बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी । पश्चिमी वायुको प्रभावले आज र भोलि वर्षाको सम्भावना । रेडक्रस सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि घर बनाइदिने । नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा । उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते । जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ विमोचन । पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु । महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा । दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली ।

२८ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २७ सयले घटेको छ । आज तोलामा २ हजार ७०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँ कायम भएको छ । दशैंको नवरात्र सुरु भएपछि सुनको मूल्य घटिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सोमबार प्रतितोला २ हजार १०० रुपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँका कायम भएको सुनको मूल्य मंगलबार पुनः तोलामा २ हजार २०० रुपैयाँ घटेर २ लाख ९२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदी तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार २५५ रुपैयाँमा किनबेच हुनेछ । हिजो चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १६५.६५ अमेरिकी डलर र चाँदी ५९.३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । सुन तीन दिनदेखि घटिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय