FLASH NEWS
कर्णाली सरकारद्वारा लेक, पाटन र खर्क संरक्षण गरिँदै । सुनचाँदी व्यवसायको डिजिटल रूपान्तरणका लागि ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक । फूलपाती बढाइँ समारोहको प्रधान सेनापतिद्वारा अन्तिम निरीक्षण, उत्कृष्ट युनिट तथा सैनिकहरू पुरस्कृत । बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी । पश्चिमी वायुको प्रभावले आज र भोलि वर्षाको सम्भावना । रेडक्रस सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि घर बनाइदिने । नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा । उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते । जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ विमोचन । पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु । महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा । दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली ।

२८ असोज, काठमाडौं । बुधबार शेयरबजार कारोबार मापक नेप्से परिसूचकमा २१.३२ अंकले बढेको छ । अघिल्ला चार दिन लगातार बढेको नेप्सेले बुधबार पनि बढेको हो । दोहोरो अंकले उकालो लागेको नेप्से परिसूचक २ हजार ६ सय विन्दुभन्दा माथि उक्लेको छ ।

बुधबार नेप्से ०.८२ प्रतिशतले बढेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय २१.२६ अंकमा उक्लेको हो । कारोबारमा आएकामध्ये १८८ कम्पनीको शेयर मूल्य बढ्दा ८० वटाको घट्यो । बाँकी ९ कम्पनीको शेयर मूल्य स्थिर छ ।

कारोबारमा आएका १३ वटै उपसमूहकै परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले बढ्न टेवा पुगेको हो । बुधबार कुल ३९ हजार १ सय ८३ पटकको कारोबारमा १ करोड १६ लाख ७४ हजार २ सय ९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब १३ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो ।

बैंकिङ समूहको उच्च वृद्धिले समग्र नेप्से परिसूचकमा आज राम्रो वृद्धि देखियो । बैंकिङ समूहको सूचक चैत १० यताकै उच्च विन्दु १५६५ अंकमा पुगेको छ । बैंकिङसँगै सबै समूहगत सूचक बढेका छन् । विकास बैंक १.१९, फाइनान्स ०.०४, जलविद्युत् ०.२९, होटल तथा पर्यटन ०.०४, लगानी ०.५२, जीवन बीमा ०.७३, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.७९, निर्जीवन बीमा १.२०, अन्य ०.६३ तथा व्यापार ०.८० प्रतिशत बढे ।

उपकार लघुवित्तको मूल्य ४.९५ प्रतिशत बढ्यो । ग्रिन भेन्चर्सको ४.२०, नेपाल वेयरहाउजिङको ३.८६, ओरियन्टल होटल्सको ३.७४, सन नेपाल लाइफ इन्स्योरेन्सको ३.१७, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.५७, टक्सार पिखुवाखोलाको ३.१७, एनआईसी एसिया बैंकको ३.०८ प्रतिशत मूल्य बढ्यो ।

बुधबार कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २४१ रूपैयाँ ६० पैसामा २६ करोड ४६ लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १.८१ प्रतिशत बढेको हो ।

दोस्रो सूचीमा घलेम्दी हाइड्रो रहेको छ । उक्त कम्पनीको २९४ रूपैयाँमा २१ करोड ६० लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय