FLASH NEWS
कर्णाली सरकारद्वारा लेक, पाटन र खर्क संरक्षण गरिँदै । सुनचाँदी व्यवसायको डिजिटल रूपान्तरणका लागि ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक । फूलपाती बढाइँ समारोहको प्रधान सेनापतिद्वारा अन्तिम निरीक्षण, उत्कृष्ट युनिट तथा सैनिकहरू पुरस्कृत । बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी । पश्चिमी वायुको प्रभावले आज र भोलि वर्षाको सम्भावना । रेडक्रस सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि घर बनाइदिने । नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा । उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते । जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ विमोचन । पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु । महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा । दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली ।

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (दलित खुला) तर्फ ६ हजार ५०० मत गणना हुँदा डा. डि.बी. सुनारले सबैभन्दा बढी ३ हजार १६० मत प्राप्त गरेका छन् । सागर परियारले २ हजार ६७८ र हरिशरण नेपालीले २ हजार ४४४ मत पाएका छन् ।

मतगणनाको पछिल्लो विवरणअनुसार मन्जित ताम्राकारले १ हजार ८८९, राजु परियारले १ हजार ६९५, अम्बर बहादुर बराईलीले १ हजार ६७९, दीपक सोनीले १ हजार ६२५ र दिनेश सुनारले १ हजार ५५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, ईश्वर बहादुर परियारले १ हजार ४५६, मन बहादुर विश्वकर्माले १ हजार ४५०, शिव बहादुर सुनारले १ हजार ४१३, रमेश वि.क.ले १ हजार ४०४, चक्र बहादुर नेपालीले १ हजार ३३१ र बाबुराम विश्वकर्माले १ हजार २६१ मत पाएका छन् ।

सूर्य बहादुर वि.क.ले १ हजार २५१, मैकुलाल वाल्मिकिले १ हजार २५२, रमेश ताम्राकारले १ हजार १९२, श्याम कुमार मीरतीले १ हजार १३३, धन बहादुर रसाईलीले १ हजार ४ मत र मुक्त बहादुर महतेले ९९६ मत प्राप्त गरेका छन् ।

निर बहादुर विश्वकर्मा (विमल घमाला)ले ९९३, राम कुमार नेपालीले ९८०, भिउसिन दमैले ९४७, लोकेन्द्र बहादुर वि.क.ले ९४६, दिल बहादुर विश्वकर्माले ९३५, रामु नेपालीले ८९६, रोहित विश्वकर्माले ८८७ र गोवर्धन कोलीले ८५९ मत पाएका छन्।

त्यसैगरी, वीर बहादुर विश्वकर्मा (कमल) ले ६८५, जबर बहादुर वि.क.ले ६७२ र डम्भर बहादुर गोल्डस्मिथले ७७८ मत प्राप्त गरेका छन् । सञ्जु सिंह विश्वकर्माले ९५३ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय