FLASH NEWS
दशैँ-तिहारमा अलैँची टिप्न चटारो : दिनभर बगानमा रातभर भट्टीमा । गगन पक्षीय कांग्रेस महाधिवेशन: सभापतिमा निर्वाचित थापाको शपथ तथा पदबहाली भोलि । पिकअप भ्यान’को ठक्करबाट बालकको मृत्यु । ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट । चाडपर्वलाई लक्षित मिठाई उत्पादन तथा बिक्री वितरणमा कडाइ । तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा । अशोक थापा मगर निर्देशित ‘जलाकी’ को गीत ‘कलेजीको छेऊ’ सार्वजनिक । यस वर्षको दशैँमा कस्तो रहला मौसम ? । मधेश प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा । नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा उक्लियो । सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार १०० रुपैयाँ । पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी ।

३० असोज, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आइतबारदेखि बिहीबारसम्म लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको हो। आइतबार सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला ११५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर चार हजार १५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय