FLASH NEWS
दशैँ-तिहारमा अलैँची टिप्न चटारो : दिनभर बगानमा रातभर भट्टीमा । गगन पक्षीय कांग्रेस महाधिवेशन: सभापतिमा निर्वाचित थापाको शपथ तथा पदबहाली भोलि । पिकअप भ्यान’को ठक्करबाट बालकको मृत्यु । ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट । चाडपर्वलाई लक्षित मिठाई उत्पादन तथा बिक्री वितरणमा कडाइ । तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा । अशोक थापा मगर निर्देशित ‘जलाकी’ को गीत ‘कलेजीको छेऊ’ सार्वजनिक । यस वर्षको दशैँमा कस्तो रहला मौसम ? । मधेश प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा । नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा उक्लियो । सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार १०० रुपैयाँ । पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी ।

३० असोज, जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश संसदीय दलले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । दलले सरकार सञ्चालनका लागि विभिन्न राजनीतिक दलबीच भएको १५ बुँदे समझदारी कार्यान्वयन नभएको भन्दै समर्थन फिर्ता लिएको हो ।

एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश प्रमुखलाई सम्बोधन गर्दै पठाएको पत्रमा आजकै मितिदेखि सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरिएको उल्लेख छ।

एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका मधेश प्रदेश संसदीय दलबीच प्रदेश सरकारको प्रभावकारी सञ्चालन, सुशासन, विकास निर्माण तथा जनहितका विषयलाई सम्बोधन गर्ने उद्देश्यले १५ बुँदे समझदारी भएको थियो ।

उक्त समझदारीमा सरकार सञ्चालनमा दलहरूबीच समन्वय र सहकार्य गर्ने, जनतालाई सुशासनको अनुभूति हुनेगरी काम गर्ने, आर्थिक वर्ष २०८३/८४ को बजेटमा विकास योजनालाई प्राथमिकता दिने, मन्त्रालय तथा मन्त्रीको संख्या व्यवस्थापन गर्ने र विकास निर्माणका योजना खुला तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट सञ्चालन गर्ने विषय समेटिएका थिए ।

त्यस्तै, आर्थिक वर्षको सुरुवातसँगै विकास निर्माणका काम अघि बढाउने विषय पनि समझदारीमा समावेश थियो । तर, पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समझदारी कार्यान्वयन नभएको र प्रदेश सरकारका काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको एमालेको निष्कर्ष छ ।

समझदारी कार्यान्वयन नभएकै कारण सरकारलाई दिएको समर्थनको औचित्यमाथि पुनर्विचार गर्नुपर्ने अवस्था आएको एमालेले जनाएको छ ।

यसैबीच, एमालेको तर्फबाट मधेश प्रदेश सरकारमा सहभागी चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै सामूहिक रूपमा राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर, खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मा, श्रम तथा यातायातमन्त्री शारदा देवी थापा र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह रहेका छन् ।

मन्त्रीहरूले आफ्नो राजीनामाबारे प्रदेश प्रमुख र मधेश प्रदेश सभाका सभामुखलाई समेत बोधार्थ पठाएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय