FLASH NEWS
आईपीएल अक्सनका लागि नेपालका १० खेलाडीको नाम दर्ता । दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ । आज फेरि सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? । पत्रकार भूपाल लुइँटेललाई गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार । चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण । दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै । यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य । आज महिला हिंसा उन्मूलन दिवस, त्येक १० मिनेटमा एक महिला वा बालिकाको हत्या । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८१७ जनालाई कारबाही । यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने । धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’, संयुक्त रुपमा गरियो उद्घाटन ।

६ मङ्सिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल पुनः हिन्दु राष्ट्र हुनुपर्ने बताएका छन् । उनले धर्म र राजनीतिलाई अलग गरेर हेर्दा राजनीति विकृत हुँदै जाने दाबी गरेका छन् ।

सनातन धर्म संस्कृति संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले धर्मरहित राजनीतिले भ्रष्टाचार र अनैतिक प्रवृत्तिलाई बढवा दिने बताए ।

उनले भने, ‘राजनीति र धर्मलाई जब अलग हेरिन्छ, तब राजनीति बिग्रिँदै जान्छ । धर्मरहित राजनीति भनेको आफ्नै नागरिकलाई भुटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउनु हो । त्यसकारण राजनीति धर्मसहितकै हुनुपर्छ । त्यसमाथि पनि नेपाल हिन्दु राष्ट्र नै हुनुपर्छ र धर्म र राजनीति सँगसँगै जानुपर्छ ।’

लिङ्देनले नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष बनाउने निर्णयमा राजनीतिक दलहरू नै जिम्मेवार रहेको आरोप लगाए । नेपाली समाजमा धर्मनिरपेक्षताको अवधारणा अपरिचित रहेकै अवस्थामा राजनीतिक दलहरूले मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र बनाएको उनको भनाइ थियो ।

उनले भने, ‘रातारात देश हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र भयो । हिन्दु धर्ममाथि कसले हस्तक्षेप ग¥यो त, दलहरूले गरे, धर्ममाथि राजनीति कसले गर्यो त ? दलहरूले नै गरे ।’

अध्यक्ष लिङ्देनले हिन्दु तथा सनातन धर्म मान्नेहरूलाई नेपाल पुनः हिन्दु राष्ट्र कायम गर्ने अभियानमा राप्रपाको पक्षमा उभिन आग्रह गरे ।

उनले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने मागलाई राजनीतिक स्वार्थका रूपमा मात्र नहेर्न आग्रह गर्दै यस विषयमा सनातन धर्मावलम्बीहरू एकजुट हुनुपर्ने धारणा राखे ।

‘हिन्दु धर्म मान्छु, सनातन धर्म मान्छु भन्नेहरूले एकपटक नेपाल हिन्दु राष्ट्र नभएसम्म राप्रपाको पक्षमा उभिनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय