९ मंसिर, काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले घटेको छ ।
मंगलबार प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ ।
१० ग्राम सुनको मूल्य को २ लाख ६ हजार ९६० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार ३ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य १० ग्रामको २ हजार ६०६ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३,५४२.६० अमेरिकी डलर रहेको छ यो ०.५ प्रतिशत घटेको हो ।








