FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार लगातार दोस्रो सिजन युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्नका लागि पीएसजीले आर्सनललाई टाइब्रेकरमा ४–३ ले हराएको हो ।

त्यस अगाडि निर्धाीरत र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगेको थियो । आर्सनलका लागि पेनाल्टी सुटआउटमा इबरेची एजी र ग्याब्रिएल गोल गर्न चुके । इंग्लिस च्याम्पिययनले खेललाई १ सय २० मिनेटसम्म लम्ब्याए पनि भाग्यले सात दिएन् ।

अहिलेसम्म च्याम्पियन्स लिग जित्न असफल आर्सनल फाइनलमा पराजित भएको यो दोस्रो पल्ट हो । सन् २००६ को फाइनलमा आर्सनल बार्सिलोनासँग हारेको थियो ।

पीएसजी भने प्रतियोगिताकै इतिहासमा रियल म्याड्रिडपछि लगातार दुई वर्ष उपाधि जित्ने पहिलो टिम बनेको छ । पीएसजीका लुइस एनरिकले प्रशिक्षकका रूपमा तेस्रो पल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेका छन् ।

निर्धारित समयको खेलमा आर्सनलले काइ हाभर्टेजको गोलले अग्रता लिएपछि पीएसजीका लागि ओसमन डेम्बेलेले पेनाल्टीबाट बराबरी गोल फर्काकाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय