FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ। सिंगापुरको सिंगा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।

नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले कीर्तिमानी ब्याटिङ गरेका छन्। उनले ४३ बलमा ५ चौका र १६ छक्कासहित १२९ रन बनाउँदै आउट भए। पहिलो विकेटका रूपमा ओपनर ब्याटर आसिफ शेख ११ रनमा पेभिलियन फर्किँदा कुशल मल्लसँग कुशल भुर्तेलले १७५ रनको उत्कृष्ट साझेदारी बनाएका थिए।

नेपालका लागि कुशल मल्ल ८५ र रोहित पौडेलले ६९ रनमा अविजित रहे। चीनका लागि बलिङममा मा कियानचेङ र डेन जिङ्गीले १–१ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय