FLASH NEWS
चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण । दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै । यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य । आज महिला हिंसा उन्मूलन दिवस, त्येक १० मिनेटमा एक महिला वा बालिकाको हत्या । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८१७ जनालाई कारबाही । यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने । धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’, संयुक्त रुपमा गरियो उद्घाटन । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी । मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध । बुटवल यातायात कार्यालयबाट सात जना बिचौलिया नियन्त्रणमा । नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित ।

अमेरिकी उपविदेशमन्त्री सारा बी.रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । उपविदेशमन्त्री रोजर्सले आज परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटमा नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। विशेष गरी लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्षबिच विचार आदान प्रदान भएको थियो।

भेटवार्तामा दशकौँदेखि रहँदै आएको नेपाल–अमेरिका मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्‍याउने तथा आर्थिक र जनस्तरीय सम्बन्धलाई मजबुत बनाउने विषयमा समेत छलफल केन्द्रित रहेको बताइएको छ।

उपविदेशमन्त्री रोजर्स हाल दक्षिण तथा मध्य एसियाली भ्रमणका क्रममा नेपाल आएकी हुन् । नेपाल बसाइका क्रममा उनले विभिन्न सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा अमेरिकी कार्यक्रमका पूर्वविद्यार्थीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय