FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ ओटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ ।

बुधबारदेखि काठमाडौँ उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।

३३ सिट क्षमताका नयाँ विद्युतीय बसहरू उभिएर यात्रा गर्ने यात्रुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

एक पटकमा करिब ७० यात्रु सहज रूपमा यात्रा गर्न सक्ने क्षमता भएका यी बसहरूमा अत्याधुनिक सुविधा समावेश गरिएको छ ।

आरामदायी सिट व्यवस्था, यात्रु सुरक्षाका आधुनिक प्रणाली तथा व्यवस्थित संरचनाका कारण बसहरूलाई सुविधासम्पन्न मानिएको छ ।

शशिला मोटर्स प्रालिले चीनबाट आयात गरेको यी बसहरूमा एक सय ४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ ।

एक पटक पूर्ण चार्ज गरेपछि यी बसले करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता राख्छन् । प्रत्येक बसको मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले विद्युतीय सवारी साधनको विकल्प अब अनिवार्य बन्दै गएको उल्लेख गर्दै कम्पनीले यस क्षेत्रमा थप विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

उनले प्रारम्भिक लगानी उच्च भए पनि विद्युतीय बस व्यवसायिक रूपमा उपयुक्त रहेको र आम्दानीका हिसाबले पनि प्रभावकारी देखिएको बताए ।

साथै, अन्य यातायात व्यवसायीलाई पनि विद्युतीय सवारीतर्फ आकर्षित हुन उनले सुझाव दिए । उनले हाल ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको करका कारण विद्युतीय सवारी सञ्चालनमा असर परेको भन्दै सरकारले छुटको व्यवस्था गर्नुपर्ने मागसमेत राखे ।

महानगर यातायातका सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि १२ ओटा विद्युतीय बस सफलतापूर्वक सञ्चालनमा आइसकेको जानकारी दिँदै पछिल्लो चरणमा थप बसहरू विस्तार गरिएको बताए ।

उनका अनुसार विद्युतीय बस सञ्चालन खर्च कम र प्राविधिक सरल भएकाले डिजेल बसको तुलनामा झण्डै चार गुणा बढी आम्दानी भइरहेको छ।

शशिला मोटर्सको बिक्रीपछिको सेवा प्रभावकारी र विश्वसनीय भएकाले सहकार्य निरन्तर अघि बढाइएको पनि उनले बताए ।

बसको चाबी हस्तान्तरण कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले ठूलो आकारका विद्युतीय बसहरूको प्रवद्र्धन आजको आवश्यकता भएको बताए ।

उनले यी बसहरू व्यवसायी र यात्रुका लागि मात्र नभई देशकै यातायात प्रणाली सुधारका लागि महत्वपूर्ण हुने उल्लेख गरे ।

कम्पनीले व्यावसायिक विद्युतीय सवारी साधनलाई नेपालमा स्थापित गर्ने लक्ष्यसहित काम गरिरहेको र बिक्रीपछि सेवा प्रणालीलाई प्राथमिकतामा राखिएको उनले स्पष्ट पारे ।

महानगर यातायात प्रालिले हाल काठमाडौँ उपत्यका र बाहिर गरी एक सय ४० भन्दा बढी सवारीमार्फत सेवा दिइरहेको छ ।

कम्पनीले २८ ओटा सिटी बस र २४ ओटा माइक्रोबससहित ५२ ओटा विद्युतीय सवारी सञ्चालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय