FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल आज भुटानसँग खेल्दैछ । समूह ‘डी’ मा रहेको नेपाल र भुटानबीचको खेल नेपाली समयअनुसार आज बिहान सवा ७ बजे शुरु हुनेछ ।

हिजोको पहिलो खेलमा कतारलाई ८ विकेटले हराउँदै नेपालले सुखद शुरुवात गरेको थियो । महिला टी–२० एसिया कपको छनोट प्रतियोगितासमेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल १८ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहमा कतार, भुटान र हङकङ रहेका छन् । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि हङकङसँग खेल्ने तालिका छ । प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

चारवशै क्वार्टरफाइनल खेल जेठ २७ गते हुनेछ । त्यसपछि जेठ २९ गते सेमिफाइनल खेलहरू तथा जेठ ३० गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना गरिनेछ । यस प्रतियोगिताबाट उत्कृष्ट चार टोली आउँदो महिला एसिया कपका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय