FLASH NEWS
आज फेरि सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? । पत्रकार भूपाल लुइँटेललाई गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार । चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण । दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै । यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य । आज महिला हिंसा उन्मूलन दिवस, त्येक १० मिनेटमा एक महिला वा बालिकाको हत्या । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८१७ जनालाई कारबाही । यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने । धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’, संयुक्त रुपमा गरियो उद्घाटन । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी । मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउने बताएका छन् । भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बुधबार भएको भेटमा मोदीलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का तर्फबाट नेपाल भ्रमणको निम्ता दिएका थिए ।

जवाफमा मोदीले उपयुक्त समयमा छिट्टै नेपाल भ्रमण गर्ने बताएका हुन् । ‘सभापतिले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिनुभयो’, भ्रमण दलमा रहेका एक सदस्यले भने, ‘प्रधानमन्त्री मोदीले समय मिलाएर छिट्टै आउने बताउनुभएको छ ।’

लामिछाने र मोदीबीच करिब एक घण्टा कुराकानी भएको थियो । भेटमा लामिछाने पत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय समस्य दीपक बोहरा र भारतका तर्फबाट विदेशमन्त्री एस. जयशंकर, प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल लगायत सहभागी थिए ।

भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निम्तोमा १८ जेठमा नयाँदिल्ली पुगेका लामिछाने २२ जेठमा स्वदेश फर्कनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय