FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

रराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाँदै छन् । भारतीय परराष्ट्रमन्त्री एस जयशंकरको औपचारिक निम्तोमा मन्त्री खनाल नयाँदिल्ली जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी परराष्ट्रमन्त्री खनालले शुक्रबारदेखि आइतबारसम्म भारतको भ्रमण गर्ने जानकारी दिएको हो।भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी डा.जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन्।

हाल भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नेतृत्वको टोलीले उच्च महत्त्व पाएका बेला सरकारका परराष्ट्रमन्त्री खनालको भारत भ्रमण तय भएको छ ।परराष्ट्रमन्त्री खनालको भ्रमणमा द्विपक्षीय हितका सबै विषयमा चेकलिस्ट बनाएर काम गरिने जनाइएको छ ।

यस्तै व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबिचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। भारत भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल जेठ २४ गते आइतबार स्वदेश फर्किने तालिका छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय