FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

एसीसी महिला प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग लज्जास्पद हार बेहोरेको छ ।

नेपाल हङकङसँग ६९ रनले पराजित भएको हो। हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३।३ ओभरमा ४० रनमा अलआउट भयो ।

सोनी पाख्रिनले सर्वाधिक १२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् । हङकङका लागि इकरा सहरले ४ ओभरमा ४ रन दिएर ४ विकेट लिइन् ।

चान का र मार्यम बिबीले २(२ विकेट लिए । सिउ मेइ र जोइलिन धलिवालले १-१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको थियो ।

हङकङका लागि यासमिन दसवानीले अविजित रहेर सर्वाधिक ४२ रन बनाइन्। मारिको हिलले २९ रन बनाइन् । मारिना लाम्पलोह १८ रनमा अविजित रहिन् ।

नेपालका लागि रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेट लिए । यस हारका बाबजुद नेपाल क्‍वाटरफाइनलमा प्रवेश गरिसकेको छ । एसिया कपमा छनोट हुनका लागि सेमिफाइनलसम्म पुग्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय