FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं । चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको ‘रुकुम मैकोट’ र ‘अरेली काँडैले’ गीत युट्युबमा १०-१० करोडभन्दा बढी पटक हेरिएका छन् । दुई गीत एक दिनको फरकमा १०-१० करोडभन्दा बढी पटक हेरिएपछि यसकी गायिका शान्तिश्री हर्षित छिन् ।

‘अरेली काँडैले’ १० करोड पटक हेरिने पहिलो लोकगीत बनेको छ । उक्त गीत गायिका शान्तिश्रीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

यस्तै उनले विभिन्न नेपाली चलचित्रका लागि गीत गाए पनि १० करोड पटक युट्युबमा हेरिने ‘रुकुम मैकोट’ पहिलो गीत बनेको छ । गीतमा शान्तिश्रीलाई एसडी योगीले साथ दिएका छन् । उक्त गीत नेपाली चलचित्र ‘खुस्मा’को हो । गीतमा नायक धिरज मगर र नायिका उपासनासिंह ठकुरीको अभिनय रहेको छ ।

दुई वटा गीत एक दिनको फरकमा युट्युवमा १०-१० कराेड पटक हेरिने सूचीमा प्रवेश गरेपछि गायिका शान्तिश्रीले सामाजिक सञ्जाल फेसबुकबाट खुसी व्यक्त गरेकी छन् ।

शान्तिश्रीले लेखेकी छन्, ‘यो मेरो लागि निकै खुसीको कुरा हो । आदरणीय दर्शक स्रोताको अगाध माया पाएका कैयौँ गीतमा मेरो स्वर मिसिएका छन् । यो अर्थमा म अलि भाग्यमानी नै हुँ जस्तो पनि लाग्छ । कर्म र भाग्यको संयोग कहीँ न कहीँ राम्रै मिलेको छ जस्तो पनि लाग्छ । मैले गाएका केही चलचित्रका गीत पनि बजारमा निकै मन पराइएका छन्, तर ‘रुकुम मैकोट’ मेरो आवाजद्वारा १० करोड पुग्ने पहिलो गीत बनेको छ ।’

‘अरेली काँडैले’ गीतका सङ्गीतकार गायक एवं सर्जक खेम सेन्चुरी हुन् । शब्द नेत्र अर्यालको हो । यस्तै श्यामश्वेत रसाइलीको एरेन्ज रहेको गीतका रेकर्डिस्ट गोविन्द अनेक र कमल थापा हुन् ।

यस्तै गीतको म्युजिक भिडिओको निर्देशन सुनिल बिकले गरेका हुन् । नृत्य निर्देशन गम्भीर विष्ट रहेको उक्त गीतमा प्रकाश सपूत रअञ्जली अधिकारीको अभिनय रहेको छ । म्यूजिक भिडियोको सम्पादक मिलन विश्वकर्माको रहेको छ ।

गायिका शान्तिश्रीले यो सफलता आफ्नोमात्रै नभएर धेरैको साथ, सहयोग र समर्थनले हासिल भएको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘एउटा काम सफल हुन पर्दामा देखिने र पर्दा पछाडिका कैयौं नाम हुन्छन् । ती नामप्रति मेरो सधैँ सम्मान र अन्तर्आत्माबाटै कृतज्ञ छु । यो खुसी यहाँ जोडिनुभएका हरेक नामसँग साट्न चाहन्छु । यति छोटो समयमा यति धेरै हेर्नुहुने, सुन्नुहुने र हरेक चाडवाडमा नाच्नुहुने आदरणीय भगवानरुपी दर्शक-स्रोताज्यूको यो प्रेमप्रति सधैँ नतमस्तक छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय