FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलले विरोध जारी राखेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्।

प्रतिनिधि सभामा सांसदसँगको प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर विपक्षीले विरोध जनाउँदै आएका छन्।

सोमबार पनि बैठक सुरु हुने वितिक्कै विपक्षीले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिएका थिए। त्यसका क्रममा विपक्षी दलका सांसदले प्रधानमन्त्री शाहको भनाइ सच्याउनुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरे।

उनीहरूले विरोध जारी राखेपछि सभामुख अर्यालले आजै १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय