FLASH NEWS
दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ । आज फेरि सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? । पत्रकार भूपाल लुइँटेललाई गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार । चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण । दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै । यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य । आज महिला हिंसा उन्मूलन दिवस, त्येक १० मिनेटमा एक महिला वा बालिकाको हत्या । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८१७ जनालाई कारबाही । यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने । धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’, संयुक्त रुपमा गरियो उद्घाटन । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी ।

स्विट्जरल्यान्डको जेनेभामा आयोजित ११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा नेपाल र भारतका श्रम मन्त्रीहरूबिच शिष्टाचार भेटवार्ता भएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र भारत सरकारका श्रम तथा रोजगार राज्यमन्त्री शोभा करन्दलाजेबिच बुधबार जेनेभामा द्विपक्षीय भेटवार्ता भएको हो।

मन्त्रालयका अनुसार यो भेटवार्ता मुख्य गरी नेपाल र भारतबिचको श्रम गतिशीलता, मर्यादित रोजगारी, सीप विकास, सामाजिक संरक्षण तथा सुरक्षित श्रम आप्रवासनको क्षेत्रमा सहकार्य सुदृढ गर्ने विषयमा केन्द्रित रह्यो । दुई देशबिच लामो समयदेखि चलिआएको श्रम सम्बन्धलाई अझ बढी सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले यो संवाद भएको हो।

भेटका क्रममा नेपालले आफ्नो श्रम आप्रवासन सुशासन प्रणालीलाई थप प्रभावकारी र परिष्कृत बनाउने चाहना व्यक्त गरेको थियो। यसका लागि नेपालले पारदर्शी प्रणालीको प्रवर्द्धन गर्न र श्रमिकहरूको कल्याण तथा पूर्ण संरक्षण सुनिश्चित गर्न भारतले सञ्चालनमा ल्याएका प्रविधिहरू प्रयोग गर्ने रुचि देखाएको छ।

नेपालले भारतका स्थापित डिजिटल प्रणालीहरू ‘ई–माइग्रेट’ र ‘ई–श्रम’ प्लेटफर्महरूबाट सिक्ने र ती असल अभ्यासहरूलाई आफ्नो देशमा पनि उपयोग गर्ने विषयमा चासो राखेको हो।

छलफलका क्रममा दुवै पक्षले आ–आफ्ना देशका श्रमिक र समुदायहरूको पारस्परिक हितका लागि सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाए। दुई देशका मन्त्रीहरूबिच श्रम क्षेत्रमा रहेका असल अभ्यासहरू र अनुभवहरू एकापसमा आदानप्रदान गर्ने विषयमा समेत अर्थपूर्ण र सकारात्मक छलफल भएको युवा, श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय