FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सह आयोजक क्यानडाले विश्वकप २०२६ मा शुक्रबार बोस्निया हर्जगोभिनाविरुद्धको खेल १–१ को बराबरीमा टुंग्याएको छ । यस विश्वकपको यो पहिलो बराबरी खेल हो । क्यानडाले विश्वकपमा अंक बटुलेको पनि यो पहिलो अवसर हो ।

क्यानडाको विश्वकपमा यो तेस्रो सहभागिता हो । टोलीले यसअघि १९८६ मा मेक्सिकोमा र २०२२ मा कतारमा विश्वकप खेलेको थियो, तर ती दुवै संस्करणमा क्यानडा सबै खेलमा पराजित रहेको थियो ।

क्यानडाका जोनाथन डेबिडले १७ औं मिनेटमा नजिकबाट पाएको राम्रो अवसरलाई बोस्नियाका गोलरक्षक निकोला भासिल्जले बचाउन पुगे । तर जोभो लुकिजको हेड गोलमा बोस्निया हर्जगोभिनाले २१ औं मिनेटमा अग्रता लिएको थियो र मध्यान्तरसम्म त्यसलाई कायमै राखेको थियो ।

टोरोन्टो रंगशालामा कायल लरिनले ७९ औं मिनेटमा गरेको गोलमा क्यानडाले खेल बराबरीमा ल्याएको थियो । उनले लरिनले इन्जुरी टाइमको छैटौं मिनेटमा गरेको प्रहार बोस्नियाका खेलाडीले रोकेर निश्चित गोलजस्तै बचाएका थिए ।

क्यानडा र बोस्निया हर्जगोभिनिआ दुवै आफ्ना प्रमुख खेलाडीबिनै उत्रिएका थिए । बायर्न म्युनिकबाट खेल्ने क्यानडाका कप्तान अल्फोन्सो डेभिस र बोस्नियाका ४० वर्षे स्ट्राइकर इडेन जेको दुवै चोटका कारण यस खेलमा खेल्न पाएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय