ट्रेण्डिङ

२९ असार, काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ८०० रुपैयाँले घटेको छ ।

सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी तोलामा १०० रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०६९.४३ अमेरिकी डलर र चाँदी ५८.३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय