FLASH NEWS
कर्णाली सरकारद्वारा लेक, पाटन र खर्क संरक्षण गरिँदै । सुनचाँदी व्यवसायको डिजिटल रूपान्तरणका लागि ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक । फूलपाती बढाइँ समारोहको प्रधान सेनापतिद्वारा अन्तिम निरीक्षण, उत्कृष्ट युनिट तथा सैनिकहरू पुरस्कृत । बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी । पश्चिमी वायुको प्रभावले आज र भोलि वर्षाको सम्भावना । रेडक्रस सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि घर बनाइदिने । नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा । उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते । जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ विमोचन । पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु । महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा । दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली ।

२६ असोज, काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक गरिएको छ । आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आ बाट आमा २’ को ट्रेलर सोमबार एक विशेष समारोहकाबीच सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलर तथा प्रचार सामग्रीमा पारिवारिक प्रेम, चाडबाडको रौनकता, सम्बन्धको मिठास र विछोडका भावनात्मक पक्षहरूलाई समेटिएको देख्न सकिन्छ ।

विजया दशमीको अवसर पारेर ‘आ बाट आमा २’ यहीँ असोज ३० गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउँदैछ ।

फिल्ममा पल शाह, मलिका महत र बिपना थापाको अलावा रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको फिल्ममा लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् भने संवाद लेखन रोशन भट्टले गरेका हुन् ।

फिल्मका कार्यकारी निर्माता करण सिंह हुन् । नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ भने फिल्मलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ ।

पारिवारिक र सामाजिक विषयवस्तुमा केन्द्रित चलचित्रले दर्शकलाई आमा र सन्तानबीचको गहिरो सम्बन्ध र दशैँको माहोलसँग जोड्ने विश्वास निर्माण पक्षले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय