ट्रेण्डिङ

चर्चित हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ।

काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले उहाँको मस्तिष्कको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।

अस्पताल स्रोतका अनुसार शल्यक्रिया सफल भएको छ भने हाल उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। मस्तिष्कबाट निकालिएको ट्युमरको प्रकृति यकिन गर्न प्रयोगशालामा परीक्षणका लागि पठाइएको अस्पतालले जनाएको छ।

केही दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि निरौलालाई अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकको सल्लाहअनुसार गरिएको शल्यक्रियापछि उहाँलाई चिकित्सकहरूको निगरानीमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

दीपाश्री निरौला नेपाली चलचित्र तथा हास्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ। उहाँको सफल स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय