FLASH NEWS
कर्णाली सरकारद्वारा लेक, पाटन र खर्क संरक्षण गरिँदै । सुनचाँदी व्यवसायको डिजिटल रूपान्तरणका लागि ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक । फूलपाती बढाइँ समारोहको प्रधान सेनापतिद्वारा अन्तिम निरीक्षण, उत्कृष्ट युनिट तथा सैनिकहरू पुरस्कृत । बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी । पश्चिमी वायुको प्रभावले आज र भोलि वर्षाको सम्भावना । रेडक्रस सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि घर बनाइदिने । नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा । उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते । जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ विमोचन । पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु । महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा । दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली ।

२९ असोज, काठमाडौं । बिहीबार नेप्से परिसूचक बढेको छ । नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढ्को छ । बुधबार ४ अर्ब १३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ७१ करोड रूपैयाँको कारोबार भएको छ ।

बिहीबार लगातार छैटौं कारोबार दिन शेयरबजार बढेको हो । आज बैंकिङ समूह ०.१६ प्रतिशत घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.०३ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ०.३५, होटल तथा पर्यटन ०.२७, जलविद्युत् ०.६०, लगानी ०.७८, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.५४ प्रतिशत बढे ।

घटेका समूहमा बैंकिङका अलवा अन्य ०.१९, व्यापार ०.५५, उत्पादन तथा प्रशोधन ०.०६ प्रतिशत घटे । आज कारोबार रकम केही बढेको छ । ४ अर्ब १३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७० करोडको भयो । ७१ कम्पनीको मूल्य बढ्दा ९१ को घटेको छ । १५ कम्पनीको मूल्य स्थिर रह्यो ।

हालै सूचीकृत भएको बेनी हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढ्यो । सो कम्पनीको मूल्य प्रतिकित्ता ३१३.९० रुपैयाँ पुगेको छ । बेनी हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९८ प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३१३ रूपैयाँ ९० पैसा पुगेको छ ।

हिमालय एभरेस्ट इन्स्योरेन्सको मूल्य ६.३५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ४६२ रूपैयाँ कायम भएको छ । यसदिन एसबिएल डिबेन्चर २०८९को मूल्य सर्वाधिक ३ प्रतिशतले घटेको छ । उक्त डिबेन्चरको मूल्य एक हजार ४५५ रूपैयाँ पुगेको छ ।

लक्ष्मी भ्यालु फण्ड२ को मूल्य २.८४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ २३ पैसामा सीमित भएको छ । बिहीबार पनि कुमारी बैंकको सर्वाधिक कारोबार भयो । उक्त कम्पनीको २३८ रूपैयाँमा २३ करोड ६१ लाख रूपैयाँको कारोबार भएको छ ।

अपी पावर कम्पनीको ३४३ रूपैयाँमा २२ करोड ७८ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने बाँकी ९ समूहको बढेको छ । यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय