FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

५ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकको बस स्टप अगाडि बसमा आगलागी भएको छ । सोमबार मध्याह्न त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बसमा आगलागी भएको हो ।

ऋद्धिसिद्धि यातायातको गाडीमा आगलागी भएको हो । आगलागीको कारण भने खुलिसकेको छैन ।

गाडीमा लागेको आगोले आसपासका बिजुलीका तारलाई पनि भेटेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको बताए ।

आगलागी भएको बसका चालक घाइते भएका छन् । उद्धार गरेर अस्पताल पठाइएको छ । आगलागी भएको बस नम्बर बा ५ ख ४२७४ हो । बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा रहेको प्रहरीले बताएको छ ।

उनी बसभित्रै रहेका बेला आगलागी भएकाले घटना संकास्पद रहेको प्रहरीको भनाई छ । घाइते चालकलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय