५ असोज, मुगु । मुगुको सोरु गाउँपालिका ६ सोरुकोटका ४० वर्षीय लली कार्की घाँटीको गम्भीर रोगबाट पीडित छन् । काठमाडौं वीर अस्पतालको आईसीयूमा उपचार गरिरहेका उनी आर्थिक अभावले छटपटाइरहेका छन् ।
चिकित्सकको निगरानीमा रहेका उनको वीर अस्पतालको नयाँ भवनस्थित आईसीयूमा उपचार भइरहेको छ । कार्की यसअघि पनि उपचारका लागि भारत पुगेका थिए । भारतमा उपचार गराउँदा करिब सात लाख रुपैयाँ भन्दा बढी खर्च भएको आफन्तले बताए ।
हाल कार्कीको उपचारमा दैनिक ठूलो रकम खर्च भइरहेको छ । उनको औषधिका लागि मात्रै दैनिक १७ हजार रुपैयाँ भन्दा बढी खर्च हुने गरेको उपचारमा सहयोग गरिरहेका उनका आफ्न्त अक्कल बुढाले बताए ।
उपचार सुरु गर्ने क्रममा समेत रकम अभाव भएपछि मोबाइल फोन धरौटी राखेर पैसा सापटी लिई औषधि खरिद गर्नु परेको बुढाले बताए ।







