१२ असोज, काठमाडौं । ललितपुरमा पहिरोले एउटा घर ढलेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २४ स्थित घर पहिरोले ढालेको हो ।
सोमबार बिहान साढे दुई तले घर ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
जोखिममा रहेका कारण घरधनीलाई हिजो नै घर खाली गर्न आग्रह गरिएकोले मानवीय क्षति भने नभएको उनले बताए । अविरल वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर ढलेको उनको भनाइ छ ।






