FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१२ असोज, काठमाडौं । मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सम्पर्कविहीन भएकाहरूको खोजी भने सोमबार बिहानैदेखि तीव्र पारिएको छ । मृत्यु भएकाहरु मध्ये दुई जनाको शव काठमाडौं ल्याइएको छ भने अन्य दुई जनाको शव मनाङको सदरमुकाममा ल्याइएको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिए ।

हिम पहिरोमा परेका भनिएका ११ जना सकुशल सदरमुकाम आइपुगेको भएपनि बेपत्ताको संख्या भने १० जनामाथि हुने अनुमान गरिएको खनालले जानकारी दिए ।

उद्धार टोली हेलिकोप्टरबाट सम्भावित क्षेत्रमा परिचालित भएको र सोमबार अपरान्हसम्ममा केही अपडेट दिन सकिने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी खनालका अनुसार सदरमुकामबाट सोमबार बिहान दुईवटा शव पोस्टमार्टमको लागि काठमाडौँको टिचिङ अस्पताल पठाइएको र दुई जनाको शव सदरमुकाममा राखिएको जानकारी दिए।

बेस क्याम्प निर्माण, डोरी टाँग्नेसहितका कामका लागि गएका एक्सपोर्टेसन र हिमालयन होलिडेज कम्पनीका कामदार हिमपहिरोमा परेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय