FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१२ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा हुक्का फ्लेभरको आयातमा अस्वाभाविक वृद्धि देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा मात्रै ४१ लाख १२ हजार रुपैयाँ बराबरको ३ हजार ९५० किलो हुक्का फ्लेभर नेपाल भित्रिएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा २ लाख ५ हजार रुपैयाँ बराबरको १८० किलो मात्रै हुक्का फ्लेभर आयात भएको थियो । यस आधारमा मूल्यका हिसाबले करिब २० गुणा र परिमाणका हिसाबले करिब २२ गुणा आयातमा वृद्धि भएको देखिन्छ ।

हुक्का फ्लेभर हुक्कामा प्रयोग गरिने सुगन्धित मिश्रण हो, जसमा विभिन्न फलफूल, पुदिना वा अन्य स्वाद मिसाइएको हुन्छ । यस्ता उत्पादनमा निकोटिनयुक्त र निकोटिनरहित दुवै प्रकारका फ्लेभर पाइने भए पनि भन्सारको तथ्यांकले आयातको परिमाण र मूल्य मात्रै देखाउँछ ।

विभागका अनुसार नेपालमा भित्रिने अधिकांश हुक्का फ्लेभर भारतीय बजारबाट आयात हुने गरेको छ । दुई महिनामै आयातमा देखिएको तीव्र वृद्धिपछि हुक्का फ्लेभरको बजार विस्तार भएको संकेत देखिएको छ । पछिल्ला वर्षहरूमा क्याफे, लाउन्ज र हुक्का बारमा हुक्का प्रयोग बढ्दै जाँदा यस्ता फ्लेभरको माग पनि बढेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय