२१ असोज, काठमाडौं । बुधबार सुनचाँदीको मूल्यमा सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि भई २ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।
मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १३४.९७ र चाँदी ६०.७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






