२५ असोज, काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो ।
आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार प्रतितोला ४ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४ हजार ४४० रुपैयाँ कायम भएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १९४.४ अमेरिकी डलर र चाँदी ६०.८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






