FLASH NEWS
कर्णाली सरकारद्वारा लेक, पाटन र खर्क संरक्षण गरिँदै । सुनचाँदी व्यवसायको डिजिटल रूपान्तरणका लागि ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक । फूलपाती बढाइँ समारोहको प्रधान सेनापतिद्वारा अन्तिम निरीक्षण, उत्कृष्ट युनिट तथा सैनिकहरू पुरस्कृत । बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी । पश्चिमी वायुको प्रभावले आज र भोलि वर्षाको सम्भावना । रेडक्रस सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि घर बनाइदिने । नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा । उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते । जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ विमोचन । पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु । महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा । दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली ।

२६ असोज, काठमाडौं । सोमबार शेयरबजार परिसूचक नेप्से सामान्य बढेको छ । आज नेप्से परिसूचक ४.०० अंकले बढेर २५९५.८१ विन्दुमा पुगेको छ । बजारमा कुल २७७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १०५ कम्पनीको शेयर मूल्य बढेको छ ।

१६५ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो कारोबार दिन १७.१५ अंक बढेको नेप्से आजको वृद्धिपछि २५९५ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ ।

अघिल्लो दिन ४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४६ करोडको भयो । आज सबैभन्दा ठूलो समूह बैंकिङमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै १.०१ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह १.०२ प्रतिशत बढ्यो । जीवन बीमा ०.०५, विकास बैंक ०.५३, फाइनान्स ०.२१ प्रतिशत बढे ।

होटल तथा पर्यटन ०.८७, जलविद्युत् ०.४६, लगानी ०.२८, उत्पादन तथा प्रशोधन ०.१९, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.१२ तथा अन्य ०.४२ प्रतिशत घटे । धौलागिरि लघुवित्तको मूल्य १५ प्रतिशत बढ्यो । स्नो रिभर्सको १३.९२, बुंगल हाइड्रोपावरको ४.७५, सुपर माइ हाइड्रोपावरको ३.९८ प्रतिशत मूल्य बढ्यो ।

रिजलाइन इनर्जीको ६.२९, टक्सार पिखुवाखोला हाइड्रोपावरको ५.४२, होटल फरेस्ट इनको ४.०१, नेपाल वेयर हाउजिङको ३.३१ प्रतिशत मूल्य घट्यो ।

शुक्रबार कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २३६ रूपैयाँ २० पैसामा २५ करोड १९ लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २.२५ प्रतिशत बढेको हो ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा घलेम्दी हाइड्रो रहेको छ । उक्त कम्पनीको २९१ रूपैयाँ ९० पैसामा १९ करोड ८० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको घटेको छ । यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय