FLASH NEWS
कर्णाली सरकारद्वारा लेक, पाटन र खर्क संरक्षण गरिँदै । सुनचाँदी व्यवसायको डिजिटल रूपान्तरणका लागि ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक । फूलपाती बढाइँ समारोहको प्रधान सेनापतिद्वारा अन्तिम निरीक्षण, उत्कृष्ट युनिट तथा सैनिकहरू पुरस्कृत । बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी । पश्चिमी वायुको प्रभावले आज र भोलि वर्षाको सम्भावना । रेडक्रस सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि घर बनाइदिने । नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा । उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते । जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ विमोचन । पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु । महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा । दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली ।

२९ असोज, कास्की । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका-१७ निवासी १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा-१७ विरौटामा बस्दै आएका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनका अनुसार पोखरा-१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गको पोखरा(बुटवल सडकखण्डमा विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग१४प ४८७९ नम्बरको मोटरसाइकलले आज बिहान बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

त्यसपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको जनाउँदै प्रहरी नायब उपरीक्षक पासवानले बताए । घटनापछि स्थानीय र प्रहरीले उद्धार गरी दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका उनले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय