FLASH NEWS
कर्णाली सरकारद्वारा लेक, पाटन र खर्क संरक्षण गरिँदै । सुनचाँदी व्यवसायको डिजिटल रूपान्तरणका लागि ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक । फूलपाती बढाइँ समारोहको प्रधान सेनापतिद्वारा अन्तिम निरीक्षण, उत्कृष्ट युनिट तथा सैनिकहरू पुरस्कृत । बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी । पश्चिमी वायुको प्रभावले आज र भोलि वर्षाको सम्भावना । रेडक्रस सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि घर बनाइदिने । नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा । उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते । जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ विमोचन । पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु । महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा । दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली ।

२९ असोज, काठमाडौं । पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ पुस्तक ‘मगनी मरिक’ विमोचन भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो ।

पुस्तक विमोचन हुनुअघि नै ‘मगनी मरिक’ का ७० प्रति बिक्री भइसकेका थिए ।

सापकोटा विगत दुई दशकदेखि पत्रकारिता, साहित्य लेखन तथा प्राज्ञिक अनुसन्धानमा सक्रिय छन् । कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी मानवीय मूल्य र नागरिक न्यायका विषयमा विशेष चासो राख्छन् ।

उनका यसअघि ‘जीवन कतिपय’ (निबन्धसङ्ग्रह, २०१४), ‘कहर’ (गैरआख्यान, २०१६) र ‘नेपाली उपन्यासमा बसाइँसराइ ः दुःखदेखि दुःखसम्म’ (अनुसन्धानमूलक कृति, २०१९) प्रकाशित छन् ।

सापकोटाले एसोसिएटेड प्रेस, अलजजिरा, एबीसी अस्ट्रेलिया, द टाइम्स र द डिप्लोम्याटलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि पनि काम गरिसकेका छन् । ‘मगनी मरिक’ उनको पछिल्लो कृति हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय