FLASH NEWS
दशैँ-तिहारमा अलैँची टिप्न चटारो : दिनभर बगानमा रातभर भट्टीमा । गगन पक्षीय कांग्रेस महाधिवेशन: सभापतिमा निर्वाचित थापाको शपथ तथा पदबहाली भोलि । पिकअप भ्यान’को ठक्करबाट बालकको मृत्यु । ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट । चाडपर्वलाई लक्षित मिठाई उत्पादन तथा बिक्री वितरणमा कडाइ । तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा । अशोक थापा मगर निर्देशित ‘जलाकी’ को गीत ‘कलेजीको छेऊ’ सार्वजनिक । यस वर्षको दशैँमा कस्तो रहला मौसम ? । मधेश प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा । नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा उक्लियो । सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार १०० रुपैयाँ । पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी ।

२९ असोज, काठमाडौँ । आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण उक्त सम्भावना बनेको हो । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ ।

त्यसैगरी, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । वर्षाको सम्भावना रहेकाले कृषि कार्यमा संलग्न सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायलाई मौसमसम्बन्धी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय