३० असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३४८ कम्पनीको १ करोड ३३ लाख ६३ हजार ७१८ कित्ता शेयर किनबेच हभए । बजारमा ४ अर्ब ८७ करोड रुपैयाँमाथिको कारोबार भयो ।
असोज २२ गतेयता हरेक कारोबार दिन बजार बढिरहेको छ । अघिल्लो दिन ४ अर्ब ७० करोडको कारोबार भएकोमा आज ४ अर्ब ८८ करोडको भयो । १७४ कम्पनीको मूल्य बढ्दा ९१ को घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रह्यो ।
आजको बजार वृद्धिमा पनि बैंकिङको योगदान उच्च रह्यो । बैंकिङ समूह सबैभन्दा धेरै ०.७२ प्रतिशत बढ्यो । विकास बैंक ०.४२, होटल तथा पर्यटन ०.३१, जलविद्युत् ०.५२, जीवन बीमा ०.०६, उत्पादन तथा प्रशोधन ०.१५, माइक्रोफाइनान्स ०.५३ प्रतिशत बढे । व्यापार ०.५४, अन्य ०.२९, निर्जीवन बीमा ०.१४, लगानी ०.०८ तथा फाइनान्स ०.२५ प्रतिशत घटे ।
चिरख्वा हाइड्रोपावरको १४.८२, बेनी हाइड्रोपावरको १२.४६, शुभम् पावरको ८.५८, एभरेस्ट कलरको ७.४७, स्वाभिमान लघुवित्तको ५.७३, एसियन हाइड्रोपावरको ४.३३ प्रतिशत मूल्य बढ्यो । हिमालयन एभरेस्ट इन्स्योरेन्सको ४.९८, नेपाल रिइन्स्योरेन्सको ३.१६, मञ्जुश्री फाइनान्सको ३ तथा याम्बलिङ हाइड्रोपावरको २.८१ प्रतिशत मूल्य घट्यो ।
आज सर्वाधिक कमाउने कम्पनीमा चिरख्वा हाइड्रो रहेको छ । यो कम्पनीको शेयर १४.८२ प्रतिशतले बढेर ५८१ रुपैयाँ पुगेको छ ।
बेनी हाइड्रोको १२.४६ प्रतिशत, शुभम पावरको ८.५८ प्रतिशत, एभरेष्ट कलर लिमिटेडको ७.४७ प्रतिशत, स्वाभिमान लघुवित्तको ५.७३ प्रतिशत, एशियन हाइड्रोपावरको ४.३३ प्रतिशत, माई खोला हाइड्रोको ४.१३ प्रतिशत, भगवती हाइड्रोको ४.०१ प्रतिशत, श्वेत गंगा हाइड्रोको ३.५८ प्रतिशत र माण्डू हाइड्रोपावरको ३.५० प्रतिशतले बढेको छ ।






