FLASH NEWS
दशैँ-तिहारमा अलैँची टिप्न चटारो : दिनभर बगानमा रातभर भट्टीमा । गगन पक्षीय कांग्रेस महाधिवेशन: सभापतिमा निर्वाचित थापाको शपथ तथा पदबहाली भोलि । पिकअप भ्यान’को ठक्करबाट बालकको मृत्यु । ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट । चाडपर्वलाई लक्षित मिठाई उत्पादन तथा बिक्री वितरणमा कडाइ । तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा । अशोक थापा मगर निर्देशित ‘जलाकी’ को गीत ‘कलेजीको छेऊ’ सार्वजनिक । यस वर्षको दशैँमा कस्तो रहला मौसम ? । मधेश प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा । नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा उक्लियो । सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार १०० रुपैयाँ । पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी ।

३० असोज, ताप्लेजुङ । यतिबेला दशै सुरुवात भईसक्यो तर ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाईको मुख्य सिजन चलिरहेका बेला उनीहरू दशैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि अलैँची भट्टीमै बस्ने थालेका छन् ।

फक्ताङलुङ गाउँपालिका–६ का किसान विर्ख लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् बाँकी सबै बगानमै बास बस्छन् ।

अलैँची टिप्ने समय बित्यो भने वर्षभरको मेहेनत मुसा, तथा अन्य जंगली जनावरहरुले खाई दिने भएकाले यतिबेले किसानहरु अलैची बगानमै व्यस्त भएको लिम्बूले बताए ।

फुङ्लिङ नगरपालिका–७ का किसान खाङडु शेर्पा झन करिब करिब एक महिनादेखि बगानमै बसिरहेका छन । दशैँ त्यहीँ अलैँची बगानमै मनाउने तयारी गरेका हुनुहुन्छ । ‘४० वर्षदेखि अलैँची खेती गरिरहेको छु,’ शेर्पाले भने,‘छिमेकी भारतको सिक्किमबाट बिरुवा ल्याएरै सुरु गरेका थियौँ ।’

शेर्पाको ८० रोपनी क्षेत्रफलमा अलैची बगान विस्तार गरेका छन् । टिपाईपछि छोडाउने, सुकाउने र भट्टीमा अलैँची सुकाउँने कार्य हुने गर्दछ ।

ताप्लेजुङमा बेशी क्षेत्रमा भदौको पहिलो सातादेखि र लेकाली क्षेत्रमा मंसिरसम्म अलैँची टिपाइ हुने गर्दछ । जिल्लाका नौं स्थानीय तहमध्ये फक्ताङलुङ–७ को ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँची खेती हुन्छ । हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ ।

अलैँचीको मूल्य पनि किसानलाई उत्साहित पार्ने खालको छ । शुक्रबार(आज)ताप्लेजुङमा प्रतिमन (४० केजी) खलैँचीको मूल्य ८८ हजार रुपैयाँमा खरिद–बिक्री भइरहेको व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रविर रेग्मीले बताए ।

अलैँचीले रोजगारी पनि सिर्जना गरेको छ । बगानमा काम गर्ने मजदुरले दैनिक ५०० देखि ८०० रुपैयाँसम्म ज्याला पाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय