नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र त्रासदीपूर्ण ‘नारायणहिटी राजदरबार हत्याकाण्ड’ को आज २५ वर्ष पूरा भएको छ। वि.सं. २०५८ साल जेठ १९ गते शुक्रबारका दिन घटेको यस घटनालाई आज पनि नेपालको इतिहासमा एउटा अत्यन्तै रहस्यमय र कालो घटनाका रूपमा लिइन्छ। घटना घटेको साढे दुई दशक बितिसक्दा पनि यसको पूर्ण सत्यतथ्य र वास्तविकतातर्फ आम नागरिक अझै सन्तुष्ट हुन सकेका छैनन्।






