FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सुर्खेतको वीरेन्द्रनगर बजारमा छापा मारी प्रहरीले ३ करोड मूल्यबराबरको सुन र १० लाखभन्दा बढी रुपैयाँ बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय (कर्णाली) र जिल्ला प्रहरी कार्यालय (सुर्खेत) बाट खटिएका प्रहरी टोलीले छापा सोमबार साँझ वीरेन्द्रनगर नगरपालिका-६, तल्लो बजारमा रहेको शिव इम्पोरियम नामक कपडा पसलमा छापा मारेका हुन्।

प्रहरीले गोप्य सूचनाका आधारमा बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका-१० घर भई वीरेन्द्रनगरमा कपडा व्यापार गर्ने ६५ वर्षीय श्याम सुन्दर अग्रवालको घरमा छापा मारेको हो।

प्रहरीले अग्रवालको साथबाट २ लाख १९ हजार ५०० नेपाली रुपैयाँ, ८ लाख ११ हजार ८०० भारतीय रुपैयाँ र अनुमानित ३ करोड बराबरका सुनचाँदीका गहना बरामद गरेको छ। साथै पैसा गन्ने एउटा मेसिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिहेको जनाएको छ।

प्रहरीका अनुसार उनले कपडाको पसल देखाएर भारतीय रुपैयाँ र गरगहना धितो राखी ब्याजमा नगद दिने काम गरिरहेका थिए।

पक्राउ गरिएका अग्रवाल गएराति १ बजे बिरामी परेपछि कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय