FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

वैज्ञानिकहरूले कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरेर नयाँ प्रकारको खोप विकास गरेका छन्, जसले भविष्यमा महामारी रोक्न र विभिन्न प्रकारका भाइरसविरुद्ध व्यापक सुरक्षा प्रदान गर्न सक्ने विश्वास गरिएको छ । क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार कुनै खोपको मुख्य तत्त्व पूर्ण रूपमा एआईद्वारा डिजाइन गरी मानवमा परीक्षण गरिएको यो विश्वकै पहिलो प्रयास हो ।

यो खोप विशेषगरी कोरोना भाइरस परिवारका सबै प्रकारका भाइरसविरुद्ध प्रभावकारी हुने लक्ष्यका साथ विकास गरिएको हो । यसले कोभिड–१९ का विभिन्न भेरियन्ट मात्र होइन, जनावरबाट मानिसमा सर्न सक्ने सम्भावित नयाँ कोरोना भाइरसबाट समेत सुरक्षा दिन सक्ने अपेक्षा गरिएको छ ।

अनुसन्धान टोलीका प्रमुख वैज्ञानिक जोनाथन हिनीका अनुसार हाल प्रयोग भइरहेका धेरै खोपहरू भाइरसको नयाँ स्वरूपसँग जुध्न समय–समयमा अद्यावधिक गर्नुपर्ने हुन्छ । तर नयाँ प्रविधिको उद्देश्य भविष्यमा देखा पर्न सक्ने भाइरसलाई समेत लक्षित गरेर सुरक्षा प्रदान गर्नु भएको उनले बताए । उनका अनुसार वैज्ञानिकहरूले कोरोना भाइरसहरूको विभिन्न आनुवंशिक जानकारी एआई प्रणालीमा विश्लेषणका लागि दिएका थिए । त्यसपछि एआईले ‘सुपर एन्टिजेन’ नामक विशेष तत्त्व डिजाइन गर्‍यो, जसले प्रतिरक्षा प्रणालीलाई भाइरसको सम्पूर्ण परिवारविरुद्ध प्रतिक्रिया दिन तालिम दिन सक्छ ।

खोपको प्रारम्भिक परीक्षण ३९ जनामा गरिएको थियो । परीक्षणको मुख्य उद्देश्य यसको सुरक्षा मूल्याङ्कन गर्नु थियो । हाल करिब २०० सहभागीमा अर्को अध्ययन जारी छ, जसले खोपले प्रतिरक्षा प्रणालीलाई कति प्रभावकारी रूपमा सक्रिय बनाउँछ भन्ने स्पष्ट पार्नेछ । अनुसन्धानको नतिजा जर्नल अफ इन्फेक्शनमा प्रकाशित गरिएको छ । प्रारम्भिक नतिजामा प्रतिरक्षा प्रतिक्रिया मध्यम स्तरको देखिए पनि वैज्ञानिक समुदायमा यसले ठुलो उत्साह सिर्जना गरेको छ ।

साउथह्याम्प्टन विश्वविद्यालयका प्राध्यापक साउल फाउस्टले एआईमार्फत खोप डिजाइन गर्ने प्रविधिमा ठुलो सम्भावना रहेको बताएका छन् । उनका अनुसार भाइरस निरन्तर परिवर्तन भइरहने अवस्थाका लागि यस्तो प्रविधि विशेष रूपमा उपयोगी हुन सक्छ । अनुसन्धान टोलीले अहिले वार्षिक रूपमा परिमार्जन गर्न नपर्ने सार्वभौमिक फ्लु खोप, बर्ड फ्लु (एच५एन१)विरुद्धको खोप तथा इबोला जस्ता घातक भाइरसविरुद्धका खोपहरूमा पनि काम गरिरहेको जनाएको छ ।

अक्सफोर्ड भ्याक्सिन ग्रुपका निर्देशक एन्डी पोलार्डले पनि एआई भविष्यमा खोप अनुसन्धानको ‘गेम चेन्जर’ बन्न सक्ने बताएका छन् । उनका अनुसार एआईले प्रतिरक्षा प्रणालीले खोपप्रति कसरी प्रतिक्रिया जनाउँछ भन्ने अनुमान गर्न सक्ने भएकाले खोप विकासको प्रक्रिया छिटो र प्रभावकारी बन्नेछ । विशेषज्ञहरूका अनुसार यो प्रविधि सफल भएमा भविष्यमा महामारी सुरु हुनुअघि नै त्यसविरुद्ध सुरक्षा दिने खोप विकास गर्न सम्भव हुन सक्छ, जसले विश्व स्वास्थ्य क्षेत्रमा नयाँ युगको सुरुआत गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय