FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

जापानमा हुने एसियाली खेलकुद छनोटको फाइनलमा आज सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले हङकङसँग भिड्दै छ।

सिगांपुर नेसनल क्रिकेट मैदानमा हुने फाइनल खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ। सेमिफाइलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो।

हङकङ भने मलेसियालाई ६ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो। नेपाल र हङकङबिचका पछिल्ला पाँच भेट हेर्ने हो भने २ खेलमा हङकङ विजयी भएको छ।

एक खेलमा नेपालले नतिजा आफ्ना पक्षमा पारेको छ भने २ खेल भने नतिजाविहीन भएका थिए। एसियाली खेलकुद छनोटबाट नेपालसँगै मलेसिया, हङकङ र ओमानले जापानमा हुने २०औँ एसियाली खेलकुद-२०२६ मा स्थान पक्का गरिसकेका छन्।

सिंगापुरमा जारी छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेसँगै यी चार टोलीले एसियाली खेलकुदमा स्थान बनाएका हुन्। यी चार टोली अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकासँगै मिसिनेछन्।

जापान भने आयोजक राष्ट्रका नाताले एसियाडमा छनोट भएको हो। एसियाडमा पुरुष क्रिकेट सेप्टेम्बर ४ मा सुरु हुनेछ। फाइनल खेल अक्टोबर ३ मा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय