FLASH NEWS
आज फेरि सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? । पत्रकार भूपाल लुइँटेललाई गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार । चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण । दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै । यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य । आज महिला हिंसा उन्मूलन दिवस, त्येक १० मिनेटमा एक महिला वा बालिकाको हत्या । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८१७ जनालाई कारबाही । यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने । धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’, संयुक्त रुपमा गरियो उद्घाटन । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी । मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको तितरमा गाडी दुर्घटना हुँदा मुस्ताङ घुमेर फर्कंदै गरेको पाँच जना आन्तरिक पर्यटक घाइते भएका छन्।

जोमसोमबाट बेनीतर्फ आउँदै गरेको बा.१९ च ५६०२ नम्बरको स्कोर्पियो जिप ओरालो सडकमा ‘ब्रेक’ फेल भई सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो।

गाडीमा सवार आठ जनामध्ये दुर्घटनामा पाँच जना घाइते भएका छन्। उनीहरुलाई प्रदेश अस्पताल बेनीमा ल्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

घाइते हुनेमा काठमाडौँ बानेश्वर निवासी ४१ वर्षीया रञ्जु श्रेष्ठ, पोखरा महानगरपालिका–७ जिरो किलोमिटर निवासी ४६ वर्षीया बिन्दु बराल, ५० वर्षीय केशवप्रसाद बराल, ५३ वर्षीय देवेन्द्र बराल र ताप्लेजुङको श्रीजङ्घा गाउँपालिका–२ निवासी ३६ वर्षीय तारा कुँवर छन्।

उनीहरु सबै खतरामुक्त रहेका र स्वास्थ्यमा सुधार भएको प्रदेश अस्पताल बेनीले जनाएको छ।

स्कोर्पियो चालक काभ्रेको फूलबारी नगरपालिका–२ घर भई हाल पोखरा–१० अमरसिंहचोक बस्ने ४२ वर्षीय नहकुलप्रसाद पुरासैनीलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय