FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

बाढी, पहिरो र सडक मर्मतका कारण मुलुकका विभिन्न प्रमुख राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ। आज बिहान साढे ६ बजेसम्मको विवरण अनुसार काठमाडौँ उपत्यकासहित कोशी र बागमती प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका छन्।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ देउराली देवीस्थानमा पहिरो खसेका कारण सतुङ्गल–चित्लाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मर्मत कार्य गर्नुपर्ने भएकाले यो सडक एक महिनाका लागि बन्द गरिएको छ।

यसैगरी, बागमती प्रदेशको मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिकाका विभिन्न स्थानमा सडक मर्मत जारी रहेकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। यो खण्ड पनि मर्मतका लागि एक महिना बन्द रहने जानकारी दिइएको छ। काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै वीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

कोशी प्रदेशमा मध्य पहाडी लोकमार्गका दुई ठाउँमा अवरोध देखिएको छ। पाँचथरको याङवरक गाउँपालिका–२ दोभानमा बाढीका कारण मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, भोजपुरको भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक अवरुद्ध भए पनि वैकल्पिक बाटोमार्फत यातायात एकतर्फी रूपमा सुचारु गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय