FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सरकारले विभिन्न १० स्थानमा सुरुङमार्ग निर्माण गर्न ६३ करोड बढी बजेट विनियोजन गरेको छ।

सुरुङमार्ग निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयलाई अर्थ मन्त्रालयले ६३ करोड २१ लाख ३० हजार रुपैयाँ बजेट उपलब्ध गराएको हो।

टोखा छहरे गुर्जे भन्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार रुपैयाँ, सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययन गर्न ५ लाख ६० हजार, दोलालघाट चर्नावती सुरुङमार्गका लागि १८ लाख ९० हजार रुपैयाँ र हात्तीसार बबई सुरुङमार्गका लागि ७ लाख ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै खुर्कोट चियाबारी सुरुङमार्ग, शिवपुर भालुबाङ सुरुङमार्ग र रानीघाट भुरीगाउँ सुरुङमार्गका लागि समान ३ लाख ९२ हजार रुपैयाँ छुट्याइएको पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ।

यस्तै सिद्धबाबा सुरुङमार्ग निर्माण गर्न ५० करोड रुपैयाँ र ग्वार्को सातदोबाटो एकान्तकुना फ्लाइओभर निर्माण गर्न दुई शीर्षकमा क्रमशः २ लाख रुपैयाँ र १२ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

सुरुङमार्ग विकास कार्यक्रमका लागि ३ करोड ७७ लाख ८० हजार रुपैयाँ र विभिन्न प्रस्तावित सुरुङमार्गहरुको सम्भाव्यता अध्ययन गर्न १ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय