FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

फिफा विश्वकप उत्तर अमेरिकाभरि ऐतिहासिक उद्घाटन समारोहहरूको शृंखलासहित आजबिहीबारबाट सुरु हुँदै छ । पहिलोपटक विश्वकपलाई तीन आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा उद्घाटन गर्नेछन् ।

तीनवटै देशमा उद्घाटन समारोह हुन लागेको यो पहिलोपटक हुनेछ । प्रतियोगिता जुन ११ मा मेक्सिकोबाट सुरु भएर जुलाई १९ मा न्युयोर्कमा हुने फाइनलसँगै समाप्त हुनेछ ।

यो विश्वकपमा ४८ देशका टीम हभागी रहेका छन् । यो विश्वकपमा अमेरिका, मेक्सिको र क्यानडाको १६ वटा रंगशालामा १०४ वटा खेल हुनेछ ।

फिफाले यो विश्वकपमा १३.९ अर्ब डलर खर्च हुने अनुमान गरेको छ । यसपटक पुरस्कारको लागि १ अर्ब डलरभन्दा बढी खर्च गरिने छ । यो विश्वकपमा ८० अर्बभन्दा बढीको कारोबार हुने र ८ लाख २५ हजारले रोजगारी पाउने फिफाले दाबी गरेको छ ।

तीनै देशमा आयोजना गरिने समारोहहरू एउटै साझा विषयवस्तुमा आधारित हुनेछन्, जसको उद्देश्य तीन आयोजक राष्ट्रलाई एकताबद्ध रूपमा प्रस्तुत गर्नुका साथै उनीहरूको संस्कृति, पहिचान र सिर्जनात्मकतालाई देखाउने बताइएको छ ।

प्रत्येक समारोह सम्बन्धित देशको उद्घाटन खेल सुरु हुनुभन्दा ९० मिनेटअघि सुरु हुनेछ । यी कार्यक्रमहरूको निर्माण ओलम्पिक उद्घाटन समारोहहरूका चर्चित क्रिएटिभ निर्देशक मार्को बालिचले गरेका हुन् । प्रत्येक समारोहको आफ्नै विशेष शैली हुनेछ, तर सबैलाई जोड्ने मुख्य सन्देश फुटबलले सिमाना नाघेर मानिसहरूलाई एकताबद्ध गर्ने शक्ति हुनेछ ।

जस्तै, क्यानडाको प्रस्तुतिमा बहुसांस्कृतिक समाजलाई जोड दिइएको छ भने मेक्सिकोको प्रस्तुतिमा परम्परागत पपेल पिकाडो कलामा जोड दिइने बताइएको छ । अमेरिकाको प्रस्तुति भने चम्किलो विश्वकप ट्रफीको अवधारणामा आधारित छ ।

उद्घाटन समारोहलाई लिएर फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भनेका छन्, “फिफा विश्वकप यस्तो क्षण हो जसलाई सम्पूर्ण विश्वले साझा गर्छ र त्यो हामीले यसलाई कसरी सुरु गर्छौँ भन्नेबाट प्रारम्भ हुन्छ ।”

मेक्सिको सिटीको उद्घाटन लगभग १६ मिनेट ३० सेकेन्डको हुनेछ । टोरन्टोको लगभग १३ मिनेट र लस एन्जलसको समय लगभग १३ मिनेटको हुने बताइएको छ ।

कार्यक्रम सकिएपछि टोलीहरूले मैदानमा वार्मअप गर्नेछन् । त्यसपछि खेलाडी प्रवेश र औपचारिक परिचय कार्यक्रम खेल सुरु हुनुभन्दा २५ मिनेटअघि सुरु हुनेछ ।मेक्सिको सिटीमा मेक्सिको र दक्षिण अफ्रिकाबीच खेल हुनेछ । टोरन्टोमा क्यानडा र बोस्निया हर्जगोभिनाबीच अनि लस एन्जलसमा अमेरिका र पाराग्वेबीच पहिलो खेल हुनेछ ।

मेक्सिको सिटीमा जुन ११ गते उद्घाटन समारोह मेक्सिको सिटी रंगशालामा हुनेछ । समारोहमा मेक्सिकन संस्कृति झल्काउने आदिवासी कलाकारहरू, आधुनिक लोकनृत्य प्रस्तुति तथा परम्परागत पपेल पिकाडो कलाको प्रदर्शन हुनेछ । त्यहाँ प्रसिद्ध गायिका साकिराले ‘दाइ दाइ’ गीत प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । उनीसँगै बुर्ना ब्याय पनि सहभागी हुनेछन् ।

साकिराले जुलाई १९ मा हुने विश्वकप फाइनलको पहिलो हाफ टाइम शोमा म्याडोना र बीटीएससँग प्रस्तुति पनि दिने कार्यक्रम छ । मेक्सिको सिटी प्रशासनले आज जुन ११ मा सार्वजनिक बिदा घोषणा गरिसकेको छ । विद्यालयहरू बन्द रहनेछन् भने रोजगारदाताहरूलाई घरबाट कामका लागि अनुमति दिन प्रोत्साहन गरिएको छ । साथै, स्टेडियम क्षेत्रभित्र टिकटधारी, मान्यता प्राप्त सञ्चारकर्मी र आधिकारिक व्यक्तिहरूलाई मात्र प्रवेश दिइनेछ ।

यसरी २०२६ विश्वकप फुटबलको उद्घाटन केवल खेलकुद कार्यक्रम मात्र नभई संगीत, संस्कृति र विश्वव्यापी एकताको उत्सवका रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय